Section 6
निजी जग्गाको लगत काट्ने
(१). यस परिच्छेद बमोजिम व्यक्तिको निजी जग्गा राष्ट्रिय वनभित्र पारिएकोमा त्यस्तो जग्गा प्राप्त गरी मुआब्जा वा क्षतिपूर्ति निर्धारण गरेपछि सो जग्गाको क्षेत्रफल कित्ता नम्बर तथा सिमाना सम्बन्धी विवरण खोली डिभिजनल वन अधिकृतले मालपोत कार्यालय एवं सम्बन्धित स्थानीय तहमा लगत कट्टाको लागि लेखी पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी आएमा सात दिनभित्र मालपोत कार्यालयले सो जग्गाको मालपोत र सम्बन्धित स्थानीय तहले सो जग्गाको करको लगत कट्टा गरी सोको जानकारी डिभिजन वन कार्यालयलाई दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम लगत कट्टा भएको विवरण डिभिजन वन कार्यालयले मन्त्रालय र प्रदेश मन्त्रालयमा पठाउनु पर्नेछ।